Blog

स्नातक तह B.A.LL.B. कार्यक्रमको शैक्षिक सत्र २०८२/०८३ को भर्ना आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

लुम्बिनी बौद्ध विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत सेमेष्टर प्रणालीमा सञ्चालित पाँच वर्षे B.A.LL.B. कार्यक्रममा शैक्षिक सत्र 2082/083 को लागि न्यूनतम शैक्षिक योग्यता पुगेका परीक्षार्थीहरुका लागि प्रवेश परीक्षाको अनलाइन (Online) आवेदन फाराम पुनः खुला गरिएको व्यहोरा सम्बन्धित सम्पूर्ण परीक्षार्थीहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ

बिदा सम्बन्धी सूचना

लुम्बिनी प्रदेश सरकार प्रदेश राजपत्रको मिति २०८१/१२/२१ गतेको निर्णय अनुसार हरीतालिका (तीज) पर्वको अवसरमा मिति २०८२ भदौ १० गते मंगलवारका दिन बिदा हुने भएको हुँदा उक्त दिन यस विश्वविद्यालयका सम्पूर्ण निकायहरुमा बिदा हुने बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।साथै यस लुम्बिनी बौद्ध विश्वविद्यालयको परीक्षा कार्यालयबाट पूर्व निर्धारित परीक्षाहरु भने यथावत रुपमा […]

B.A.LL.B. कार्यक्रमको शैक्षिक सत्र २०८२/८३ को प्रवेश परीक्षाको नतिजा प्रकाशित गरिएको सम्बन्धी सूचना ।

लुम्बिनी बौद्ध विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डीनको कार्यालय अन्तर्गत शैक्षिक सत्र २०८२/८३ को भर्नाका लागि सेमेष्टर प्रणालीमा सञ्चालित स्नातक तह पाँच बर्षे B.A.LL.B. कार्यक्रमको मिति 2082/05/07 गते यस स्कूल अफ ल/सिटी क्याम्पस बुटवल र तुलसीपुर मेट्रो कलेज, तुलसीपुर, दाङमा सञ्चालन भएको प्रवेश परीक्षामा सहभागी भएका परीक्षार्थीहरको प्राप्ताङ्कको आधारमा उत्तीर्ण भएका परीक्षार्थीहरुको योग्यताक्रम (Merit […]

B.A.LL.B कार्यक्रमको शैक्षिक सत्र २०८२/८३ को प्रवेश परीक्षा हुने समय र स्थान सम्बन्धी सूचना

लुम्बिनी बौद्ध विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालय बुटवल अन्तर्गत सन्चालित B.A.LL.B कार्यक्रमको शैक्षिक सत्र २०८२।८३ मा विद्यार्थी भर्नाका लागि यहि मिति २०८२/०३/२९ गते देखि २०८२।०५।०४ गतेसम्म प्रवेश परीक्षाका लागि आवेदन फारम भरी मापदण्ड पुगेका स्वीकृत आवेदकहरुको तपसिल बमोजिम प्रवेश परीक्षा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ ।

थेसिस लेखनका लागि अन्तिम मौका सम्बन्धमा

उपरोक्त सम्बन्धमा लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकाय अन्तर्गत संचालित स्नातकोत्तर तहका वि.सं २०७५ सालमा भर्ना भई अध्ययन गरेका विद्यार्थीहरुलाई थेसिस लेखनका लागि अन्तिम मौका सूचना प्रकाशित गरिएको व्यहोरा जानकारी गराइन्छ।