लुम्बिनी बौद्ध विश्वविद्यालय, विकास अध्ययन तथा प्रायोगिक विज्ञान सङ्कायअन्तर्गत 2026 Spring Semester बाट सञ्चालनमा रहेका Masters in Unmanned Aircraft System, Aviation and Operation Management (MUAS) शैक्षिक कार्यक्रमका सम्बन्धमा अध्ययनरत विद्यार्थीहरूबाट कार्यक्रमको स्वीकृति, भर्नाको वैधानिकता, विश्वविद्यालय दर्ता, कक्षा सञ्चालन, परीक्षा तथा उपाधि प्रदान गर्ने प्रक्रियाबारे विस्तृत तथा स्पष्ट जानकारी माग भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो स्पष्टीकरण सूचना प्रकाशित गरिएको छ।


