अन्तिम नतिजा तथा सिफारिस सम्बन्धी सूचना ।

लुम्बिनी बौद्ध विश्वविद्यालय पदपूर्ति समिति अन्तर्गत करार शिक्षक छनोट समितिको विज्ञापन नं.०१/०१/०८१/०८२ (करार सेवा– खुला) तृतीय श्रेणी, सहायक प्राध्यापक पद, अन्तर्राष्ट्रिय सम्बन्ध तथा शान्ति अध्ययन विषयको माग संख्या १ (एक) का लागि मिति २०८१।०७।२६ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित २ (दुई) जना उम्मेद्वारहरुको सम्पूर्ण मूल्याङ्कन र अन्तर्वार्ताको अंक समेतको कुल प्राप्ताङ्कको आधारमा देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएकाले निजलाई सहायक प्राध्यापक करार पदमा नियुक्तिको लागि पदपूर्ति समितिमा सिफारिश गर्ने गरी मिति २०८१।०७।२६ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.