सूचीकृत हुने सम्बन्धी सूचना

यस विश्वविद्यालयलाई आ.व. २०८२ /०८३ का लागि आवश्यक तपसिलमा उल्लेखित सामान तथा सेवाहरु आपूर्ति गराउन सार्वजनिक खरिद ऐनको दफा ६ (क) बमोजिम सोही ऐनको दफा ३१ को उपदफा (१), दफा ४१ को उपदफा (१) को खण्ड (क) र दफा ४६ बमोजिम गरिने खरिदका लागि सार्वजनिक खरिद नियमावली २०६४ को नियम १८ मा व्यवस्था भए अनुसार छुट्टाछुट्टै सुचि तयार गर्नुपर्ने भएकाले (standing List) सुचीमा सुचिकृत हुन चाहने व्यक्ति, फर्म, कम्पनी, विक्रेता, अधिकृत विक्रेता वा वितरकहरुले इजाजत पत्र, दर्ता प्रमाणपत्र, प्यान वा भ्याट दर्ता प्रमाणपत्र र आ.व. २०८०/०८१ सम्मको कर चुक्ता प्रमाणपत्र तथा अन्य प्रमाणहरुको प्रतिलिपीहरु सहित यो सुचना प्रथम पटक प्रकाशित मितिले १५ दिनभित्र यस विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालय अन्तर्गतको प्रशासन शाखामा अनुसूची २ (क) बमोजिमको ढाचामा निवेदन दर्ता गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.