लुम्बिनी युवा सम्मेलनबारे थप जानकारी सम्बन्धमा।

लुम्बिनी बौद्ध विश्वविद्यालयको एकाइसौँ बार्षिकोत्सवको अवसरमा, केन्द्रीय क्याम्पसद्वारा आयोज्यमान लुम्बिनी युवा सम्मेलन, २०२५ (Lumbini Youth Conference 2025) मा कार्यपत्र प्रस्तोता तथा सहभागीका रूपमा उपस्थित हुन नाम दर्ता गर्नुभएका सबै महानुभावहरूलाई देहायको विवरणबारे जानकारी सम्प्रेषण गर्न यो सूचना प्रकाशन गरिएको छ ।

देहायः

सम्मेलनको मितिः २०८२।०८।१४ गते आइतबार

स्थानः केन्द्रीय क्याम्पस परिसर, लुम्बिनी

समयः बिहान ११ बजेदेखि ३ बजेसम्म ।

रजिष्ट्रेशनः बिहान १० बजे ।

कार्यक्रम निर्धारित समयमा नै प्रारम्भ हुनेछ ।

प्रस्तोताका लागिः

  • मितिः २०८२।०८।१० गतेभित्र कार्यपत्र वा प्रस्तुतीको रूपरेखा [email protected]  मा इमेल गर्नुपर्ने ।
  • प्रस्तोताले रोजेको उपविषय अनुसारको समूहमा प्रस्तुति दिन पाउनेछन् ।
  • प्रस्तुतिका लागि अधिकतम समय १० मिनेट रहनेछ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.