लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन संकायले “बौद्ध हाजिरीजवाफ प्रतियोगिता” सम्पन्न गरेको छ । बौद्ध शिक्षालाई युवापुस्तामा अझ प्रभावकारी ढंगले फैलाउने उद्देश्यले कार्तिक ३० गते बौद्ध अध्ययन संकायको सभाहलमा जिल्लास्तरीय बौद्ध हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको उपाधि सैनिक आवासीय महाविद्यालय बुटवलले प्राप्त गरेको छ ।
२४ विद्यालय सहभागी भएको प्रतियोगितामा महाविद्यालयले उपाधिसंगै २५ हजार नगद पुरस्कार प्राप्त गरेको छ । बुटवलको न्यू होराईजनले द्वितीय हुँदै १५ हजार पुरस्कार प्राप्त गरेको छ । त्यस्तै बुटवलको ग्रार्गी एकेडेमीले तृतीय स्थान प्राप्त गरेको छ । त्यस्तै लुम्बिनी शिक्षा निकेतनले सान्वत्वना स्थान प्राप्त गर्याे । तृतीय र सान्त्वना स्थान प्राप्त विद्यालयले क्रमश १० र १५ हजार नगद पुरस्कार प्राप्त गरे ।
विजेता टिमलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यबाहक प्रमुख कल्पना हरिजन, लुम्बिनी बौद्ध विश्वविद्यालयका निमित्त रजिस्ट्रार प्रा.डा. गितु गिरी, डिन डा माणिकरत्न शाक्यले पुरस्कार प्रदान गर्नुभयो ।
बौद्ध शिक्षाको प्रवद्र्धन गर्ने उद्धेश्यले बौद्ध हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा बौद्ध शिक्षामा रहेर प्रश्नहरू सोधिएको बौद्ध अध्ययन संकायका डिन डा. माणिकरत्न शाक्यले जानकारी दिनुभयो ।
विद्यालय तहबाटै बुद्ध शिक्षाको ज्ञान बढाउनका लागि विश्विद्यालयले पहिलोपटक प्रतियोगिता आयोजना गरेको हो । यसले विद्यालय तहबाट नैतिकवान जनशक्ति विकास हुने अपेक्षा गरिएको छ ।

