आतिथ्य तथा ग्राहक सेवा क्षमता विकास तालिम सम्पन्न

कार्तिक २३ देखि २७ सम्म
लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन संकायको आयोजनामा तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (ग्ल्म्ए) को सहयोग एवम् लुम्बिनी होटल संघको समन्वयमा ५ दिने आतिथ्य तथा ग्राहक सेवा क्षमता विकास तालिम लुम्बिनीमा सफलतापूर्वक सम्पन्न गरिएको छ ।

Image preview

लुम्बिनी क्षेत्रमा उच्च गुणस्तरको आतिथ्य, पर्यटन सेवा तथा ग्राहक व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन लक्ष्य राखी सञ्चालित यस तालिममा लुम्बिनी क्षेत्रका ३० जना युवाहरू सहभागी भएका थिए । सहभागी युवाहरूलाई व्यावहारिक सीप, ज्ञान, पेशागत आचरण तथा क्षेत्रअनुसारको सेवा गुणस्तर वृद्धि गर्ने उद्देश्यले विभिन्न सत्रहरूमा प्रशिक्षण प्रदान गरिएको थियो ।

Image preview

तालिमका विभिन्न सत्रहरूलाई निम्न व्यक्तित्वहरूले सञ्चालन गर्नुभएको थियोः
डा. कुलप्रसाद खनाल — निर्देशक, लुम्बिनी बौद्ध विश्वविद्यालय
तारा ज्ञवाली — प्रमुख प्रशासकीय अधिकृत, लुम्बिनी सांस्कृतिक नगरपालिका
दयानिधि गौतम — केन्द्रीय क्याम्पस प्रमुख, लुम्बिनी बौद्ध विश्वविद्यालय
हरिध्वज राई — सूचना शाखा प्रमुख, लुम्बिनी विकास कोष
वसन्त विडारी — पुरातत्वविद
डा. श्रीप्रसाद भट्टराई — उपप्राध्यापक
हेम बहादुर बिष्ट — पर्यटनविद
राजेन्द्र पौडेल — पर्यटन क्षेत्र परामर्शदाता
राजन बस्नेत —सूचना अधिकृत, लुम्बिनी विकास कोष

Image preview

यी प्रशिक्षकहरूले आतिथ्य व्यवस्थापन, पर्यटन सेवा, सांस्कृतिक सम्पदा संरक्षण, ग्राहक व्यवहार तथा पेशागत व्यक्तित्व विकासजस्ता क्षेत्रमा विस्तृत प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक नगरप्रमुख कल्पना हरिजनले कार्तिक २३ गते उद्घाटन गर्नुभएको तालिमको २७ गते समापन गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन संकायका डिन डा. माणिकरत्न शाक्यले तालिमले सहभागीहरूमा व्यावहारिक सीप तथा दक्षता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै भविष्यमा यस्ता क्षमता अभिवृद्धि कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै विश्वविद्यालयका परीक्षा नियन्त्रक इन्द्र प्रसाद काफ्लेले लुम्बिनीमा संसारका मानिसको ध्यान खिच्ने खालको असल सस्कृती र संस्कार निर्माण गर्नुपर्ने उल्लेख गर्नुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका योजना तथा मुल्यांकन महाशाखाका निर्देशक डा.कुल प्रसाद खनालले लुम्बिनी विश्वको शान्ति र बौद्ध दर्शनको प्रतीक भएकाले यसलाई विश्वस्तरीय पर्यटक गन्तव्यका रूपमा स्थापित गर्न गुणस्तरीय सेवा, सभ्य व्यवहार र पेशागत दक्षता अत्यावश्यक रहेको धारणा राख्नुभयो ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले लुम्बिनी विश्वशान्ति क्षेत्र मात्र नभई अतिथ्य र सेवा संस्कृतिको केन्द्र बन्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै यस्ता तालिमले स्थानीय युवा र पर्यटन व्यवसायीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सीप सम्पन्न बनाउन मद्दत गर्ने बताउनुभयो ।
लुम्बिनीको पहिचानलाई विश्वव्यापी बनाउन शैक्षिक संस्था, स्थानीय सरकार, र पर्यटन व्यवसायीबीचको सहकार्य अत्यावश्यक रहेकोमा जोड दिनुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रशासन सहायक निरा गौतमको सञ्चालनमा भएको कार्यक्रममा लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्याल, सहभागीहरू प्रदिप गिरि र जस्मिन कुमालले तालिमले आत्मविश्वास, व्यवहारिक ज्ञान र सेवा संस्कृतिप्रतिको प्रतिबद्धता बढाएको अनुभव व्यक्त गरे ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.