स्नातक तह B.A.LL.B. कार्यक्रमको शैक्षिक सत्र २०८२/०८३ को प्रवेश परीक्षाको आवेदन फाराम भर्ने म्याद थप सम्बन्धी अत्यन्त जरुरी सूचना ।

लुम्बिनी बौद्ध विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत सेमेष्टर प्रणालीमा सञ्चालित पाँच वर्षे B.A.LL.B. कार्यक्रममा शैक्षिक सत्र 2082/083 को लागि न्यूनतम शैक्षिक योग्यता पुगेका परीक्षार्थीहरुका लागि प्रवेश परीक्षाको अनलाइन (Online) आवेदन फाराम भर्ने म्याद थप  गरिएको व्यहोरा सम्बन्धित सम्पूर्ण परीक्षार्थीहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।यस शैक्षिक कार्यक्रममा भर्ना हुन ईच्छुक परीक्षार्थीहरुले प्रवेश परीक्षाको आवेदन फाराम भर्दा विश्वविद्यालयको वेबसाइट www.apply.lbu.edu.np मा गई तोकिएको शैक्षिक योग्यताको लब्धाङ्क प्रमाणपत्र,  नागरिकताको प्रमाणपत्र, समकक्षताको प्रमाणपत्र, हालसालै खिचेको पासपोर्ट साइजको फोटो, आवेदकको हस्ताक्षर र अन्य आवश्यक कागजात Scan गरी upload गर्नुहुन पनि जानकारी गरिन्छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.