लुम्बिनी काव्य सन्ध्या सम्पन्न, ‘लुम्बिनी प्रभाको एघारौँ अङ्क विमोचन

लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसका विद्यार्थीहरूको साहित्य समूहद्वारा आयोजित “लुम्बिनी काव्य सन्ध्या” कार्यक्रम अन्तरक्रिया तथा कवितावाचनसहित सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थी, प्राध्यापक तथा साहित्यप्रेमीहरूको सहभागिता रहेको थियो।
काव्य सन्ध्यामा सहभागीहरूले समसामयिक विषय, मानवीय संवेदना, समाज, संस्कृति तथा बौद्ध चिन्तनसँग सम्बन्धित कविता वाचन गरेका थिए। कार्यक्रममा साहित्यिक संवाद र सिर्जनात्मक अभिव्यक्तिलाई विशेष महत्व दिइएको थियो।
सोही अवसरमा केन्द्रीय क्याम्पसको विज्ञसमिक्षित अनुसन्धानात्मक पत्रिका लुम्बिनी प्रभाको एघारौँ अङ्कको लोकार्पण पनि गरिएको छ। बौद्ध अध्ययन, दर्शन, भाषा तथा संस्कृतिसम्बद्ध अनुसन्धानमूलक लेखहरू समेटिएको यो जर्नल केन्द्रीय क्याम्पसको नियमित प्राज्ञिक प्रकाशनका रूपमा स्थापित हुँदै आएको छ।
कार्यक्रमले क्याम्पसमा साहित्यिक तथा अनुसन्धानमूलक वातावरणलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।

1 Response

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.