चौथो दीक्षान्त समारोहमा सम्मिलित हुन फाराम भर्ने सम्बन्धी सूचना

लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा २०८३ मंसिर १४ गते, लुम्बिनीमा आयोजना गरिने चौथो दीक्षान्त समारोहमा सम्मिलित हुन वि.सं. २०८१ साउन १५ गतेदेखि वि.सं. २०८३ असोज १५ गतेसम्म (तदनुसार २०२४ जुलाई ३० देखि २०२६ अक्टोबर १) सम्ममा सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका र सोही अवधिभित्र विद्यावारिधि (Ph.D.) पूरा गरी प्रमाणपत्र लिएका इच्छुक विद्यार्थीहरुले विश्वविद्यालयको वेबसाइटमार्फत अनलाइन फाराम भर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

दीक्षान्त समारोह सम्बन्धी विस्तृत जानकारी विश्वविद्यालयको वेबसाइट exam.lbu.edu.np मा हेर्न सकिनेछ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.