चमेनागृह सञ्चालन सम्बन्धी सूचना।

लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसका लागि विश्वविद्यालयको परिसरभित्र अवस्थित चमेनागृहमा विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थी एवं काम–विशेषले विश्वविद्यालय तथा क्याम्पसमा आउने सेवाग्राही स्वंयले भुक्तानी गर्ने गरी निम्न शर्तका अधीनमा रही शाकाहारी खाजा/खाना उपलब्ध गराउने गरी चमेनागृह सञ्चालन गर्नुपर्ने भएको हुँदा इच्छुक फर्म/व्यक्तिले यही मिति २०८२ पुष २१ गते सोमबारसम्म कार्यालय समयभित्र माछापुच्छ्रे बैंक लि.को लु बौ वि डीन कार्यालय, लुम्बिनी(आम्दानी) नामक खाताको खाता नं. १५३००८८०३८२०००२६ मा रु.१०००/- रुपैयाँ दाखिला (फिर्ता नहुने गरी) संलग्न खाजा/खानाको परिकार र एकाई अनुसारको वस्तु तथा सेवा के–कति दररेटमा उपलब्ध गराउन सकिन्छ दररेट सहितको विवरण खामबन्दी गरी क्याम्पस प्रशासन शाखामा पेश गर्नुहुन सूचित गरिन्छ । विस्तृत विवरणका लागि विश्वविद्यालयको क्याम्पस प्रशासन शाखामा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.