लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतको व्यवस्थापन विभागको कार्यालयका लागि घर भाडामा लिनुपर्ने भएकाले इच्छुक घरधनीहरुबाट देहायको शर्तको अधिनमा रही घर भाडामा दिने प्रस्ताव सूचना प्रकाशित भएकाले सात दिनभित्र मासिक के कति दरमा दिन सकिने हो उल्लेख गरी जग्गाधनी पुर्जा र घर नक्सा पासको प्रतिलिपि सहित यस विश्वविद्यालयको डिन कार्यालय बुटवल, नयाँगाउँमा सूचना प्रकाशित भएको मितिले सात (७) दिनभित्र आफ्नो शिलबन्दी निवेदन दर्ता गराउनु हुन आर्थिक प्रशासन सम्बन्धी नियमावलीको नियम १६३ को उपनियम (१) बमोजिम यो सूचना प्रकाशित गरिएको छ ।


