यस विश्वविद्यालयलाई आ.व. २०८२ /०८३ का लागि आवश्यक तपसिलमा उल्लेखित सामान तथा सेवाहरु आपूर्ति गराउन सार्वजनिक खरिद ऐनको दफा ६ (क) बमोजिम सोही ऐनको दफा ३१ को उपदफा (६), दफा ४१ को उपदफा (१) को खण्ड (क) र दफा ४६ बमोजिम गरिने खरिदका लागि सार्वजनिक खरिद नियमावली २०६४ को नियम १८ मा व्यवस्था भए अनुसार छुट्टाछुट्टै सूचि तयार गर्नुपर्ने भएकाले साे (standing List) सुचीमा सुचिकृत हुन चाहने व्यक्ति, फर्म, कम्पनी, विकेता, अधिकृत विकेता वा बितरकहरुले इजाजत पत्र, दर्ता प्रमाणपत्र, प्यान वा भ्याट दर्ता प्रमाणपत्र र आ.व. २०८०/०८१ सम्मको कर चुक्ता प्रमाणपत्र तथा अन्य प्रमाणहरुको प्रतिलिपीहरु सहित यो सुचना प्रथम पटक प्रकाशित मितिले १५ दिनभित्र यस विश्वविद्यालयको केन्द्रिय कार्यालय अन्तर्गतको प्रशासन शाखामा अनुसूची २ (क) बमोजिमको ढाचामा निवेदन दर्ता गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ
