मिति २०८१/०६/१५ गते बसेको विद्यावारिधि उपाधि अनुसन्धान समितिको वैठकको निर्णय अनुसार बौद्ध अध्ययन संकाय अन्तर्गत सञ्चालित विद्यावारिधि कार्यक्रममा शैक्षिक सत्र २०७५/७६ सम्म भर्ना भएर शोध प्रस्ताव पनि स्वीकृत नभएका शोधार्थीहरुले पुन नाम दर्ता गरी नयाँ प्रक्रियाबाट काम सुरु गर्नु पर्ने छ । शोध प्रस्ताव स्वीकृत भई काम अगाडी बढेका शोधार्थीहरुको हकमा १ वर्ष ( २०८२/०६/१५) भित्र शोध प्रवन्धन बुझाउनु पर्ने छ अन्यथा स्वतःनाम दर्ता रद्द हुनेछ।
