लुम्बिनी बौद्ध विश्वविद्यालय, उपकुलपतिको कार्यलय र शैक्षिक प्रशासन शाखाको संयोजनमा नयाँ विद्यार्थी भर्नालाई केन्द्रमा राखेर छलफल कार्यक्रम सम्पन्न भयो । ‘ विद्यार्थी भर्ना ः हिजो, आज र भोलि ’ विषयक छलफल कार्यक्रमका क्रममा, विगतको अनुभव, वर्तमानको संभावना र अभ्यास तथा भावि कदमको बारेमा महत्वपूर्ण विचारविमर्श भएको थियो ।
कार्यक्रमले विद्यार्थी भर्नालाई कुनै निकाय मात्र नभई साझा विश्व विद्यालय परिवारको जिम्मेवारी बुझ्नु पर्ने, भर्नालाई अभियानको रुपमा गर्न व्यावसायिक र बौद्ध अध्ययन दुबै तर्फ भर्ना योजना तथा प्रबद्र्धन समिति गठन गर्ने तथा प्रबद्र्धनलाई सृजनात्मक, समयसापेक्ष र सहज पहुँच हुनेगरी गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
उपकुलपति प्रा.डा. सुवर्ण लाल बज्राचार्यको अध्यक्षता, रजिष्ट्रार डा.तिलकराम आचार्य, डीन डा. माणिकरत्न शाक्य, डा. हरिशरण चखुँ, क्याम्पस प्रमुख डा.निर बहादुर गुरुङ र फणिन्द्र कुमार न्यौपाने तथा उप तथा सहायक प्राध्यापक, प्रोग्राम कोअर्डिनेटर, अक्याडेमिक कोअर्डिनेटर, शाखा प्रमुखहरु लगायत यस विषय सम्बन्धित सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।