लुम्बिनी बाैद्ध विश्वविद्यालय, अनुसन्धान केन्द्रकाे बाैद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृती तथा अन्य विषयकाे समग्र बिकासका लागि उक्त क्षेत्रहरूमा एकीकृत र विस्तृत अध्ययन अनुसन्धान गराई अनुसन्धानमूलक पुस्तक प्रकाशन गर्ने उद्देश्य रहेकाे छ । सो सन्दर्भमा यस अनुसन्धान केन्द्रको आ.व. २०८१/०८२ को वार्षिक कार्यक्रम अनुसार यस विश्वविद्यालयका पदाधिकारी, शिक्षक, बौद्ध तथा अन्य विषयका विद्वान्हरूलाई तपसिलका उल्लिखित विषयहरूको परिधिभित्र रही हार्ड तथा सफ्ट कपीको (वर्ड फाइलमा) पाण्डुलिपि यो सूचना प्रकाशन भएको मितिले ७५ दिनभित्र उपलब्ध गराइदिनहुन अनुरोध छ ।