लुम्बिनी बौद्ध विश्वविद्यालय, अनुसन्धान केन्द्रको बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृति तथा अन्य विषयको समग्र विकासका लागि विभिन्न भाषामा रहेका दुर्लभ तथा पाठ्यक्रम सन्दर्भ बौद्ध ग्रन्थलाई अङ्ग्रेजी, नेपाली तथा नेपाली मातृभाषामा अनुवाद गरिगराई प्रकाशन गर्ने उद्देश्य रहेको छ । सो सन्दर्भमा यस अनुसन्धान केन्द्रको आ.व. २०८१/०८२ को वार्षिक कार्यक्रम अनुसार यस विश्वविद्यालयका पदाधिकारी, शिक्षक, बौद्ध विषयक तथा अन्य विद्वान्हरूलाई यो सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र अनुवादका लागि प्रस्ताव पेस गर्नुहुन निर्देशानुसार अनुराेध गरिन्छ ।