वक्तृत्वकला एवं कविता प्रतियोगिता 

  • May 2, 2020 - 1:30am

बुद्धजयन्तीको पावन अवसरमा यस विश्वविद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी ‘ बौद्ध शिक्षाको आलोकमा विद्यार्थी ‘ कार्यक्रम अन्तर्गत ‘विश्व शान्तिको मुहान लुम्बिनी’ शीर्षकमा वक्तृत्वकला एवं कविता प्रतियोगिता गरिने भएकोले सम्बन्धित विषयमा आफ्नो प्रस्तुतिको भिडियो रेकर्डिङ् event@lbu.edu.np मा मिति २०७७।०१।२४ गते साँझ ५ बजेसम्म पठाउनुहुन सम्बन्धित पक्षको जानकारीका लागि सूचित गरिन्छ ।
पुनश्च,
– वक्तृत्व पाँच मिनेटभन्दा लामो र तीन मिनेटभन्दा छोटो हुनुहुँदैन ।
-कविताका लागि शीर्षक तोकिएको छैन ।
– आफ्नो प्रस्तुतिमा समेटिएको विषयवस्तुका लागि प्रतियोगी स्वयं जिम्मेवार हुनेछ ।
-दुवै विधाका उत्कृष्ट छुट्टाछुट्टै तीन जनालाई पुरष्कृत गरिनेछ ।
– छानिएका प्रस्तुतिलाई विश्वविद्यालयको आधिकारिक पोर्टल तथा सामाजिक सन्जालमा राखिनेछ

-डीन
बौद्ध अध्ययन सङ्काय

*****थप जानकारीका लागि सम्पर्क : दयानिधि गौतम ( ९८५६०३४८७४ )

EVENT INFO :

  • Start Date:May 2, 2020
  • Start Time:1:30am
  • End Date:May 7, 2020
  • End Time:1:30am
  • Number of Participants:1500