लुम्बिनी बौद्ध विश्वविद्यालयको COVID-19 संबन्धि सूचना

साबधानी अपनाऔँ आफु पनि बचौँ अरुलाई पनि बचाऔँ !!!

हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ ।

नेपाल सरकारले यही चैत्र ११ गतेदेखी देशलाई लकडाउन गरेको छ । यस्तो अवस्थामा सरकारको अपिल र सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीको अनुरोध पलाना गरौँ । सकभर घर बाहिर ननिस्कौँ, नेपाल सरकारको तोकेको परिधि भित्र रहेर घर बाहिर निस्कनै परे पनि घरबाट निस्कनु अघी मास्क, पन्जा र लामो बाहुला भएको लुगा लगाउँ , कपाल राम्रो सँग बाधौँ साथै झुम्का, बाला , ब्रास्लेट, औठी जस्ता गहना नलगाउँ । सकेसम्म नगद कारोबार नगरौँ, गरेमा सकेसम्मा यथासिघ्र साबुन पानी वा सेनिटाइजरले सफा गरौँ । हात सफा नगरेसम्म अनुहारमा बिल्कुल नछोउँ । साथमा सधैं टिस्यु पेपर बोकेर हिडौँ , कुनै चिज छुनुपरेमा टिस्यु पेपरको प्रयोग गरौँ । टिस्यु पेपर प्रयोग गरिसकेपछी कुच्याएर डस्टबिनमा फालौँ । खोक्दा वा हाछ्युँ गर्दा कुहिनाले मुख छोपौँ । अरु व्यक्तिहरुबाट १ मिटर वा ३ फिट टाढा बसौँ । मदिरा प्युने ब्यक्तिलाई कोरोना संकर्मण हुँदैन भन्ने भ्रमक हल्लाको पछी नलागौँ र मध्यपान गर्न तत्काल छोडौँ । सुर्तिजन्य पदार्थ जस्तै चुरोट, सुर्ती, तम्बाकु, गुट्खा जस्ता पदार्थहरुले हाम्रो फोक्सोमा प्रत्यक्ष रुपमा असर गर्दछ र क्यान्सर जस्ता प्राणघातक रोगहरु समेत निम्त्याउछ । कोरोना अर्थात COVID-19 बिरुद्द लड्न पनि तपाईं हामीलाई स्वस्थ फोक्सोको आवश्यकता पर्दछ तसर्थ सुर्तीजन्य पदार्थको सेवन तत्काल छोडौँ स्वस्थ र दिर्घ जीवन बाचौँ ।

  लुम्बिनी बौद्ध विश्वबिद्यालयद्वारा जनहितमा जारी  सन्देश !

हालको तथांक

विश्व स्वास्थ्य संगठन ( WHO) बाट जारी गरिएको तथांक

Global Total
Last update on:
Cases

Deaths

Recovered

Active

Cases Today

Deaths Today

Critical

Affected Countries

Total in Nepal
Last update on:
Cases

Deaths

Recovered

Active

Cases Today

Deaths Today

Critical

Cases Per Million

COVID-19 संबन्धि विश्वविद्यालय ले जारी गरेको सुचना

आफु र आफ्ना परिवारलाई सुरक्षित राख्नका लागि युनिसेफ वा विश्व स्वास्थ्य संगठन, सरकारी निकाय र भरपर्दो स्वास्थ्यकर्मीहरू जस्ता विश्वसनीय र आधिकारिक श्रोतहरूबाट मात्र सुचना लिन र गलत र अविश्वसनीय सुचना नफैलाउन हामी सबैलाई आग्रह गर्दछौं ।

Urgent Notice to LBU Students

Lumbini Buddhist University has decided to start online classes in all of its courses and programs that were closed due to COVID-19 outbreak and ongoing lockdown. All LBU students need an official email account issued by LBU and password to enroll in online classes. We ask all of our students in undergraduate and post-graduate programs […]

लुम्बिनी बौद्ध विश्वविद्यालयको अत्यन्त जरूरी सूचना

नोबेल कोरोना भाइरस COVID-19 बाट नेपालमा हुन सक्ने सम्भावित जोखिम तथा संक्रमण नियन्त्रण एवम् रोकथामका लागि नेपाल सरकारबाट देशैभर नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरू २०७६/१२/०९ गतेदेखि २०७६/१२/२१ गतेसम्म बन्द गर्ने निर्णयलाई कार्यान्वयन गर्दै आइएको र दोस्रो पटक २०७६/१२/२५ गतेसम्म कायमै राख्ने निर्णयमा हालै उक्त व्यवस्थालाई पुनः तेस्रो पटक २०७१/१/०३ […]

परीक्षा नियन्त्रण कार्यालयको अत्यन्त जरुरी सूचना

हाल विश्वव्यापी रुपमा फैलिई रहेको कोरोना भाइरस (कोभिड—१९) को नेपालमा सम्भावित जोखिम नियन्त्रणका लागि विशेष सचेतता अपनाई पूूर्व तयारी एवम् सतर्कता अवलम्वन गर्न लुुम्बिनी बौद्ध विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्धारा बैशाख महिनाको पहिलो हप्ता देखि संचालन गरिने स्नातक र स्नातकोत्तर तहका सम्पूर्ण विषयका परीक्षाहरु अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि […]

लुम्बिनी बौद्ध विश्वविद्यालयको अत्यन्त जरूरी सूचना

नोबेल कोरोना भाइरस ( COVID-19 ) बाट नेपालमा हुन सक्ने सम्भावित जोखिम तथा संक्रमण नियन्त्रण एवम् रोकथामका लागि नेपाल सरकारबाट देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गर्ने […]

प्रायः सोधिने प्रश्नहरू

नोभल कोरोना भाइरस भनेको के हो?
यो नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन। यस भाइरसले मानिस र पशुहरूमा संक्रमण गर्दछ। यस भाइरसले सामान्य रुघाखोकी देखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास Severe Acute Respiratory Syndrome (SARS) सम्म गराउन सक्दछ ।

के मानिसमा जनावरहरूबाट नोभल कोरोना भाइरस संक्रमित हुन सक्दछ?
नोभल कोरोना भाइरस जनावरबाट मानिसमा संक्रमित भएको कुनै बैज्ञानिक आधार हाल छैन।

के नोभल कोरोना भाइरस र SARS एउटै हुन्?
सन् २००३ मा देखिएको SARS र नोभल कोरोना भाइरस एउटै प्रजातिका भाइरस हुन्। दुवै भाइरसले बिरामीलाई गम्भीर बनाउन सक्दछन्। महत्त्वपूर्ण कुरा, नोभल कोरोना भाइरस मानिसहरू बीच सजिलै सर्न सक्दछ भनेर अझै पुष्टी भएको छैन।

मानिस कसरी यो भाइरसबाट संक्रमित हुन सक्छ ?
मानिस कसरी यो भाइरसबाट संक्रमित भएका छन् भन्ने बारेमा आज सम्म वैज्ञानिक तवरले पुष्टी भएको छैन। हाल यस विषयमा अनुसन्धान भइरहेको छ ।

के यो एक व्यक्त्तिबाट अर्को व्यक्त्ति सर्न सक्दछ?
अहिले निश्चितताका साथ भन्न सकिने अवस्था छैन। एउटै परिवारका सदस्यहरू बिरामी भएको पाइएकोले, मानव-मानव बीचमा सिमित तवरले सर्ने सम्भावना रहेको अनुमान गरिएको छ । साथै, परिवारका सदस्यहरू एकै स्रोतबाट संक्रमण भएको हुन सक्ने सम्भावना पनि रहेको छ ।

यस भाइरसको संक्रमणबाट कसरी बच्न सकिन्छ?
सामान्यतः यस भाइरसको संक्रमण कसरी हुन्छ भन्ने बारेमा एकिन जानकारी छैन। तथापि रुघा, खोकी तथा श्वासप्रश्वासका बिरामीको नजिक नजाने तथा हातको सरसफाई नियमित गरेमा संक्रमणको सम्भावना कम रहन्छ ।

के कोरोना भाइरसको लागि उपचार छ?
नोभल कोरोना भाइरसले गर्दा हुने रोगको लागि कुनै खास उपचार छैन। यद्यपि यो भाइरसले निम्त्याएका धेरै लक्षणहरूको उपचार गर्न सकिन्छ, त्यसैले बिरामीको उपचार लक्षणको आधारमा गरिन्छ । साथै यस भाइरसको विरुद्ध हाललाई कुनै खोप उपलब्ध छैन ।

© <href=”https://www.unicef.org/nepal/ne” target=”_blank”>Unicef Nepal बाट साभारः

error: Sorry, the content is protected !!