शोक वक्तव्य

यस लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व रजिष्ट्रार प्रा. डा. खड्गमान श्रेष्ठ ज्यूको ७० वर्षको उमेरमा मितिः २०७७ कार्तिक ७ गते भएको अकल्पनीय एवं असामयिक निधनले लुम्बिनी बौद्ध विश्वविद्यालय परिवारलाई स्तब्ध वनाएको छ । श्रेष्ठ एक कुशल प्रशासक र शैक्षिक नेतृत्वकर्ता हुनुहुन्थ्यो । यस विश्वविद्यालयको विकासमा उहाँले पुर्याएको योगदान उल्लेखनीय छ । दुःखको यस घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौं ।

अन्त्यमा, दिवंगत प्रा. डा. खड्गमान श्रेष्ठको निर्वाण लाभको कामना गर्दै शोकसन्तप्त परिवारजन एवं आफन्तहरुमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।

-लुम्बिनी बौद्ध विश्वविद्यालय परिवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Sorry, the content is protected !!