लुम्बिनी बौद्ध विश्वविद्यालय को १२ औं सभा सम्पन्न

लुम्बिनी बौद्ध विश्वविद्यालय १२ औं विश्वविद्यालय सभाको बैठक प्रधानमन्त्री तथा कुलपति के . पी शर्मा ओलीको अध्यक्षतामा मिति २०७७ आश्विन २६ गते प्रधानमन्त्री निबास बालुवाटार, काठमाडौंमा सम्पन्न भएको छ ।

सभालाई सम्बोधन गर्दै बिश्वबिद्यालयका कुलपति तथा सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओलीले बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्धले देखाएको शान्तीको मार्गलाई सबैले अनुसरण गरी मानबीय प्रबृत्तिहरुलाई शान्तीमय बनाउनु आजको बिश्वको कर्तब्य बनेको हुनाले त्यस्ता शान्तीमय प्रबृत्तिहरुलाई बौद्ध शिक्षामार्फ ब्यापक बनाउनु पर्ने बताउनु भयो ।
लुम्बिनी बौद्ध बिश्वबिद्यालयले शान्ति ,अहिसा सामाजीक न्याय जस्ता बुद्धका शिक्षालाई अध्ययन अध्यापनको केन्द्रमा राख्नुपर्ने धारणा राख्दै बिश्वबिद्यालय एउटा बिशिष्टकृत बिद्याको लागि स्थापित भएको हुनाले बिश्वबिद्यालले निर्र्दिष्ट बिद्यामा उत्कृष्टकाम गर्नुपर्ने भनाई उहाको थियो ।

सभामा रजिष्टार एवम् सदस्य सचिव डा. तिलक राम आचार्य द्वारा प्रस्तुत आर्थिक वर्ष २०७५/०७६ को यथार्थ आय/व्यय अनुमोदन , आर्थिक वर्ष २०७६/०७७ को खर्च अनुमोदन र आर्थिक वर्ष २०७७/०७८ को कुल ३० करोड ६० लाखको बजेट स्वीकृत गरेको छ ।

सभाले आर्थिक, शैक्षिक र सेबा सम्बन्धी नियमावलीको केहि अंशहरु समयसापेक्ष संशोधन गरेको छ | त्यस्तै सभाले बुटवलमा आंगिक क्याम्पस- लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस खोल्ने, काठमाण्डौंमा बज्रयान अध्ययन केन्द्र स्थापना गर्ने निर्णय समेत गरेको छ । विश्वविद्यालयले लुम्बिनी क्षेत्रका चार स्थान, हिमाली क्षेत्र र काठमाण्डौंमा बौद्ध दर्शनका विभिन्न शैक्षिक कार्यक्रम चलाउने दीर्घकालीन रणनीति बनाएको छ ।सभाले मानविकी विषयबाट समेत विद्यावारिधि गर्न सकिने निर्णय लिएको छ ।

सभाले हरेक वर्ष एक जना बौद्ध विद्वानलाई सम्मान गर्ने गरी ५ हजार डलर राशीको लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्राष्ट्रिय प्रज्ञारत्न अवार्ड स्थापना गर्ने निर्णय गरेको छ । साथै गायिका आनी छोइङ डोल्मालाई यस वर्षको सद्भावना दूत बनाउने निर्णय गरेको छ |

सभाले विश्विद्यालयका लागि शिक्षणतर्फ १ सय १२ जना र प्रशासनिक कर्मचारीतर्फ १ सय ४१ जनाको दरबन्दी स्विकृत गरेको हो । कुल २ सय ५३ जनाको दरबन्दी स्विकृत गरेको छ ।

सभाले विविध उपाधिहरु स्थापना तथा उपाधि संशोधन पारित गरेको छ |

अन्त्यमा कुलपति तथा सम्माननीय प्रधानमन्त्री र सम्पूर्ण अनलाइन तथा प्रतक्ष्य रुपमा सभामा उपस्थित सभासदहरुलाइ धन्यबाद तथा सहकुलपति शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै उपकुलपतिद्वारा सभा विसर्जन भएको थियो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Sorry, the content is protected !!