लुम्बिनी प्रभा अंक ४ को विमोचन

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई संसारकै प्रमुख अनुसन्धान केन्द्र बनाउने गरी तयारी थालिएको बताइएको छ ।

विश्वविद्यालयको केन्द्रिय क्याम्पस लुम्बिनीमा आयोजित एक कार्यक्रममा बोल्दै विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. हृदय रत्न बज्राचार्यले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अनुसन्धानको क्षेत्रमा संसारकै महत्वपुर्ण केन्द्रको रुपमा स्थापीत गरिने बताए । उनले भने , बौद्ध धर्म, दर्शनका ऐतिहासीक ग्रन्थहरु पाईने विश्वकै ठूलो पुस्ताकालय पनि लुम्बिनीमा स्थापीत गरिनेछ । ताकी बुद्धिज्मका अनुसन्धानकर्ता लुम्बिनी आउनेछन् ।

उपकुलपति प्रा.डा बज्राचार्यले विश्वविद्यालयकोलागी आवश्यक भौतिक पुर्वाधार निर्माणको लागी देवदह र कपिलवस्तुमा जग्गा व्यवस्थापन भईरहेको समेत बताए । उनले जग्गा थोरै हुदा प्रायाप्त भौतिक पुर्वाधार निर्माण गर्न नसकिएकोले थप जग्गा प्राप्तीकोलागी पहल गरिरहेको पनि बताए ।

केन्द्रिय क्याम्पस लुम्बिनीमा सोमबार सांझ आयोजित लुम्बिनी प्रभा अंक ४ को विमोचन गर्दै ५ नं प्रदेश सरकारका उद्योग, बन बातवरण तथा पर्यटन मन्त्री लिला गिरीले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई संसारभरीका विश्वविद्यालयको प्रतिसपर्धामा खरो रुपमा उत्रार्न सबैको सहयोग जरुरी रहेको बताए ।

उनले भने ‘लुम्बिनी बौद्ध विश्वविद्यालय संसारकै महत्वपुर्ण अध्ययन अनुसन्धानको केन्द्र बनाउनुपर्दछ । त्यसकोलागी आवश्यक भौतिक पुर्वाधार र शैक्षिक गुणस्तरकोलागी प्रदेश सरकारले संघीय सरकारसंग सहकार्य गरेर अगाडी बढ्नेछ । ’

विश्वविद्यालयका रजिस्टार तिलकराम आचर्यले गुणस्तरीय शिक्षाको क्षेत्रमा लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अग्रहणी रुपमा स्थापीत गरिने बताए ।

सो अवसरमा प्रदेश सभासद फकरुद्धिन खान, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तया, केन्द्रिय क्याम्पसका प्रमुख फणिन्द्र न्यौपाने, सस्कृतिवीद प्रा.डा गितु गिरी, शीक्षाबीद बालकृष्ण भट्टाराई, निर गुरुंग लगायतले बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयको महत्व वर्तमान परिवेशमा झनै बढेर गएको बताउनुभएको थियो ।

सोही अवसरमा विश्वविद्यालयले प्रकाशन गर्ने लुम्बिनी प्रभा अंक ४ को विमोचन समेत भएको थियो । विमोचित कृर्तिमा स्वदेशी तथा विदेशी २५ जना लेखकहरुको अनुसन्धानमूलक बौद्ध धर्म दर्शन सम्बन्धी लेख राखिएको छ । विश्वविद्यालयको केन्द्रिय क्याम्पस लुम्बिनीमा रहेको छ ।

Image may contain: 3 people, people sitting, people standing, shoes, table and indoor

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Sorry, the content is protected !!