लुम्बिनी बौद्ध विश्वविद्यालय का दूई महत्वपूर्ण सम्झौता

लुम्बिनी बौद्ध विश्वविद्यालयले नेपाल वायुसेवा निगम तथा नेपाल पर्यटन बोर्डसँग विभिन्न क्षेत्रमा समन्वय तथा सहकार्य गर्ने उदेश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौताहरु हाल लुम्बिनी बौद्ध विश्वविद्यालयले संचालन गरिरेहेको ट्राभल एण्ड टुरिज्म(BTTM)मा अध्यनरत विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यास (internship) लगायतका अवसर प्रदान, नेपालको पर्यटन प्रवर्द्धन र बौद्ध दर्शनको विकास र विस्तारमा केन्द्रित रहेको छन् ।

२०७७ साल फाल्गुन ५ गते नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालय न्युरोडमा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्य, रजिष्ट्रार डा. तिलक राम आचार्य, नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेल, निर्देशक अर्चना खड्काले हस्ताक्षर गर्नु भएको सम्झौतामा निर्माणाधीन भैरहवा अन्तराष्ट्रिय विमानस्थलमा लुम्बिनी बौद्ध विश्वविद्यालय ट्राभल एण्ड टुरिजमका विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यास (internship)मा विशेष अवसर प्रदान गर्ने, नेपालको उड्डयन तथा पर्यटन क्षेत्रलाई आवश्यक उच्च स्तरको दक्ष जनशक्ति उत्पादन गर्ने तथा अन्य पारस्परिक हितका विषयहरू समावेश गरिएको छ ।

२०७७ साल फाल्गुन ६ गते नेपाल पर्यटन बोर्डको केन्द्रीय कार्यालय भृकुटीमण्डपमा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्य, रजिष्ट्रार डा. तिलक राम आचार्य, बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मी, बोर्डका कार्यकारी सदस्य ङावा निमा शेर्पाले हस्ताक्षर गर्नु भएको सम्झौतामा नेपाल पर्यटन बोर्डले लुम्बिनी बौद्ध विश्वविद्यालय ट्राभल एण्ड टुरिजमका विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यास (internship)मा विशेष अवसर प्रदान गर्ने, नेपालको पर्यटनको विकासमा संयुक्त अध्ययन एवं अनुसन्धान गर्ने, लुम्बिनी आसपासका विद्यालयहरुमा पर्यटन क्लब खोल्ने तथा अन्य पारस्परिक हितका विषय समावेश गरिएको छ ।

दुवै सम्झौतामा लुम्बिनी, बुद्ध र बौद्ध धर्म सँग सम्बन्धित धार्मिक क्षेत्रहरु सँगै नेपालको पर्यटनको प्रवर्द्धनमा सहकार्य गर्ने विषयलाई उच्च प्राथमिकता दिईएको छ । यसको लागि संयुक्त अध्ययन, कार्यशाला, गोष्ठीको संयुक्त आयोजना र सूचना तथा जनशक्तिको आदान प्रदान गरिने छ ।

सम्झौता पत्र हस्ताक्षर समारोहको झलक

लुम्बिनी बौद्ध विश्वविद्यालय र नेपाल वायुसेवा निगम बीच सम्झौता पत्र हस्ताक्षर समारोहको झलक
लुम्बिनी बौद्ध विश्वविद्यालय र नेपाल वायुसेवा निगम बीच सम्झौता पत्र हस्ताक्षर समारोहको झलक
लुम्बिनी बौद्ध विश्वविद्यालय र नेपाल पर्यटन बोर्ड बीच सम्झौता पत्र हस्ताक्षर समारोहको झलक

लुम्बिनी बौद्ध विश्वविद्यालय र नेपाल पर्यटन बोर्ड बीच सम्झौता पत्र हस्ताक्षर समारोहको झलक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Sorry, the content is protected !!